अल्जेरियाको पहाडी बाटोमा बस दुर्घटना, १८ जनाको मृत्यु

अल्जेरिया साउन ३१ । अल्जेरियाको राजधानी अल्जियर्स नजिकै शुक्रबार साँझ भएको एक भयानक बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन्। यात्रु बोकेको बस पुलबाट सिधै नदीमा खस्दा ठूलो जनधनको क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा कैयौं यात्रु घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धारकर्मीहरूले अबेर रातिसम्म पानीमा खसेका यात्रुहरूको खोजी र उद्धार कार्य चलाएका थिए। दुर्घटनापछि राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै राज्यबाट आवश्यक सहयोग सुनिश्चित गरिने बताएका छन्।

दुर्घटनाको कारणबारे हाल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन, तर प्रारम्भिक अनुमानमा तीव्र गति वा ब्रेक फेल भएको आशंका गरिएको छ। घटनाको सम्बन्धमा विस्तृत छानबिन सुरु भइसकेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ