गाजामा एकै दिनको आक्रमणमा सयभन्दा बढी मारिए, तनाव चरममा

गाजा साउन २९ । इजरायली सेनाको पछिल्लो आक्रमणमा गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा १०० भन्दा बढी प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। उत्तरी गाजामा एकै ठाउँमा भएको भीषण आक्रमणमा मात्रै ६१ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

गाजा शहरको उत्तरतर्फका सहायता केन्द्र नजिकै सुरक्षामा खटिएका व्यक्तिहरूमाथि इजरायली सेनाले गरेको हमलामा थप १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच, दक्षिणी गाजास्थित नासेर अस्पतालका अनुसार, खाद्यान्नको पर्खाइमा रहेका कम्तीमा ३७ जना प्यालेस्टिनी नागरिक सेनाको गोली लागेर मारिएका छन्। अस्पतालका अनुसार सोही घटनामा ११३ जना घाइते भएका छन्।

युद्धसँगै गाजामा खाद्य संकट गहिरिँदै गएको छ। कुपोषण र भोकमरीका कारण पछिल्लो २४ घण्टामा मात्र तीन बालबालिकासहित आठ जनाले ज्यान गुमाएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएयता भोकमरी र कुपोषणका कारण ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ, जसमा १०६ जना बालबालकाहरू रहेका छन्। गाजामा हालैका दिनहरूमा मानविक संकट झनै भयावह बनेको छ। खाद्यान्न, औषधि र सुरक्षित बासस्थानको चरम अभावबीच दैनिक ज्यान जानेको संख्या बढ्दो छ। अन्तर्राष्ट्रिय समुदायले युद्धविराम र मानवीय सहायता खुलाउन दबाब दिइरहे पनि इजरायलको कारबाही रोकिएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ