टेक्सास गोलीकाण्ड: एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु

अमेरिका साउन २७ । अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा भएको एक गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। मृतकमध्ये एक ३ वर्षीय बालकसमेत छन्।

सीबीएस न्युजका अनुसार, डल्लासस्थित एक अपार्टमेन्टमा शनिबार बिहान भएको घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तिनका छोरा प्रनिश प्रधानको ज्यान गएको हो। रञ्जना र बालक प्रनिश घटनास्थलमै मृत भेटिएका थिए भने ललितको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

ललित प्रधान पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिब १५ वर्षअघि अमेरिका पुनर्वास भएका थिए। रञ्जनाको माइती काठमाडौंमा रहेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। यस दर्दनाक घटनाले प्रवासी भु

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ