जनकपुरधाम साउन २२ । कोडिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले आगामी नेपाल प्रिमियर लिग NPL को दोस्रो सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियोसँग साझेदारी गरेको छ।
यो साझेदारीअनुसार, मुड्स जनकपुर बोल्ट्सको औपचारिक पोशाक पार्टनर बन्नेछ। मैदानभित्रको प्रदर्शन मात्रै नभई मैदानबाहिर पनि खेलाडीहरूलाई आत्मविश्वासी र आकर्षक देखाउने लक्ष्यसहित मुड्सले यो सहयोग घोषणा गरेको हो।
झण्डै तीन दशकदेखि टेलरिङ र डिजाइनको क्षेत्रमा स्थापित मुड्सले, अब खेलकुद क्षेत्रसँगको यो सहकार्यलाई नयाँ चुनौती र अवसरका रूपमा लिएको जनाएको छ। दोस्रो सिजनको खेल नोभेम्बरमा हुने तय भएको छ भने त्यसअघि शनिबार मिनी अक्सन आयोजना हुँदैछ।
