भारतप्रति ट्रम्प आक्रामक : एकपछि अर्को चेतावनी

भारत साउन २२ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप आर्थिक दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्। रुससँगको ऊर्जा कारोबारलाई लिएर भारत र अमेरिकाबीचको तनाव चुलिँदै गएको छ।

ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले भारतबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लागु गरिएको जानकारी दिए। उनका अनुसार, रुसबाट तेल खरिद गर्न भारतले जारी राखेकै कारण यो महसुल लागू गरिएको हो।

पत्रकारहरूले चीनलगायतका अन्य देशहरूले पनि रुसबाट तेल किनिरहेकाबारे प्रश्न गर्दा ट्रम्पले अस्पष्ट तर चेतावनीपूर्ण लहजा अपनाउँदै भने, “अहिलेसम्म त मात्रै आठ घण्टा भएको छ, तपाईंले अरू धेरै प्रतिबन्धहरू देख्नुहुनेछ।”

यस्तै, भारतजस्तै अतिरिक्त महसुल चीनमाथि पनि लगाउने योजना छ कि भनेर सोधिँदा उनले, “यो हुन सक्छ।।। हामीले अरू देशमाथि पनि यस्तै गर्न सक्छौं, जसमा एउटा चीन पनि हुन सक्छ,” भन्दै सम्भावना खुला राखे। यो अवस्थाले भारत–अमेरिका व्यापार सम्बन्धमा कूटनीतिक जटिलता थपिएको प्रष्ट देखिन्छ। ट्रम्पको कडा अभिव्यक्तिसँगै अमेरिका आफ्ना रणनीतिक हितका लागि साझेदार राष्ट्रहरूमाथि समेत कठोर नीति अपनाउन पछि नपर्ने संकेत मिलेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ