संघीय सरकारको समन्वय बिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको छ :प्रवक्ता खनाल

 

काठमाडौं । प्रेस काउन्सिलका प्रवक्ता दिपक खनालले संघीय सरकारको समन्वय बिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको बताएका छन् ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै उनले प्रदेशका काउन्सिललाई संघले हेर्न सके समस्या कम हुने बताएका हुन् ।

उनले भने, ‘प्रदेशमा काउन्सिलहरु बनेका छन् तर समन्वय बिना नै बनेका छन् । यो समन्वय गर्न सकेको भए काउन्सिलले यहाँबाट हेर्ने र प्रदेशमा तत् तत् ठाउँबाट हेर्ने अवस्था भएको भए समस्या कम हुन्थ्यो कि जुम्ला, हुम्ला, दार्चुलादेखी काठमाडौं आउछन् । यसमा नीतिगतरुपमा उपायहरु आउन सक्छन् ।’

उनले बलियो र बिस्तारित काउन्सिलको आवश्यकता रहेको पनि बताए ।    उनले पत्रकार दिलभुषण पाठकले आफ्नो च्यानल सूचना विभागमा दर्ता गरेको र स्वतन्त्र पत्रकारको पास लिएको पनि जानकारी दिए ।

‘हामीले सूचना विभागमा सोध्यौ दिलभुषण जी को दर्ता छ कि छैन भनेर दर्ता छ भन्ने सुचना आयो उहाँले पत्रकारमा पनि स्वतन्त्र पत्रकारको पास लिनुभएको जफाव आयो । प्रहरीले अनुसन्धान गरिरहेको भन्ने जफाव पछि त्यही अनुसार काम गरिरहेका छौ,’ उनले भने ।

यस्तै, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय आएका समस्याहरुमा काउन्सिल जवाफदेही हुनुपर्ने बताएकी छन् । उनले काउन्सिलका साथै महासंघ पनि जिम्मेवार हुने समय आएको भन्दै काउन्सिलले कार्यविधि र आचासंहिता बनाउदा महासंघसँग समन्वय गर्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर