
जनकपुरधाम ।
मधेस प्रदेश सरकारले आगामी आर्थकि वर्ष २०८२।०८३ को लागि बजेट प्रस्तुत गर्न लागेको छ । आइतबार ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मधेस सरकार आगामी आवको लागि चालुभन्दा बढीको बजेट ल्याउन लागेको हो । आगामी आवको लागि झण्डै ४७ अर्बको बजेट प्रस्तुत गर्न लागेको हो ।
मधेस सरकारले चालु आवमा ४३ अर्ब ८९ करोड २१ लख ७० हजार रुपैयाँ विनियोजन गरेको थियो । मधेस सरकारले आगामी आवको लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको हो । अर्थमन्त्री यादवले बजेट ल्याउनुपूर्व विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आवको बजेटमा अवण्डा रकमलाई निरुत्साहित गर्ने बताएका थिए । सर्वोच्च अदालतले संसदीय विकास कोष खारेज गरेकोमा मधेस सरकारले सांसदहरुलाई रिझाउन प्रत्यक्ष संसद्को लागि तीन करोड र समानुपातिक सांसदको लागि डेढ करोडको योजना नै राखेर सरकारले बजेट ल्याउन लागेको हो ।