
जनकपुरधाम,
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह जनप्रिय देखिन अनेक ‘लोकप्रिय’ गतिविधिमा संलग्न भइरहे पनि ती प्रयासहरू अपेक्षित सफलतामा परिणत हुन सकेका छैनन्। कहिले अस्पतालको निरीक्षण, त कहिले औषधि पसल अनुगमन—यी सबै क्रियाकलापहरू जनतामाझ सस्तो लोकप्रियता कमाउने प्रयासको रूपमा हेरिएका छन्।
तर सत्तारूढ गठबन्धनभित्र समन्वयको अभाव, नीति निर्माणमा अन्य दलको प्रभाव, र कार्यान्वयनमा देखिएको कमजोरीले उनको नेतृत्वप्रति प्रश्न उठ्न थालेको छ।
केहीले अस्पताल अनुगमन त कहिले औषधि पसलको अनुगमन गरेर सस्तो लोकप्रियता हासिल गर्न होडबाजीमा लागेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह असफल बन्न थालेका छन ।सत्तामा सहभागि दलहरु बिचमा तालमेल बसाउन नसकेको कारणले गर्दा उनि अहिले अफल बन्न थालेका छन । जनमत पार्टीका एक जना प्रदेश सभा सदस्यका अनुसार मुख्यमन्त्री आफनो पार्टीका नेताहरुको कुरा सुन्नुको साटो बढि कुरा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको मान्ने गरेका छन । उनले जसरी जे जे कुरा भन्छन मुख्यमन्त्री त्यसरी नै सबै कुरा मान्ने र हिडने गरेका छन । बजेट निर्माण गर्दा नै बजेटमा अनाधिकृत व्यक्ति र योजना प्रवेश पाएको भन्दै आलोचित भएका थिए भने अहिले सन्तोषजनक बजेट खर्च हुन नसकेपछि असफल बन्न थालेका छन । बजेट खर्चको अवस्था हेर्दा अहिले सम्मको सबै भन्दा कम बजेट खर्च हुने अवस्था देखिएको छ ।
चालु आर्थिक वर्ष बित्न एक महिनामात्रै बाँकी छ। तर, मधेस प्रदेश सरकारले कुल बजेटको मात्र २० प्रतिशत मात्रै खर्च गरेको छ। त्यसमा पनि चालु खर्च ३२ छ भने पुँजीगत खर्च १३ प्रतिशत मात्रै छ।प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट ल्याएको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार, जेठ २५ गतेसम्म ८ अर्ब ८९ करोड ५२ लाख मात्रै खर्च भएको छ। जसमा पुँजीगत खर्च ३ अर्ब ८२ करोड ६६ लाख ३८ हजार ४ सय ८९ छ। चालु खर्च ५ अर्ब ७२ करोड ८८ लाख ६ हजार २ सय ७८ मात्रै छ।
मन्त्रालयगत रूपमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले सबैभन्दा बढी ४० प्रतिशत बजेट खर्चेको छ भने सबैभन्दा कम खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ। जबकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निकै आकर्षक नारा र कार्यक्रमले भरेर नीति तथा कार्यक्रम ल्याएको छ। जुन, प्रदेशसभाबाट आइतबार पारित भएको छ।मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनीलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा विनियोजन विधेयक २०८२ समेत प्रस्तुत गरेका छन्। जसमा प्रदेशको समृद्धि र विकासका निकै गहकिला नाराहरू समावेश गरिएका छन्।
गठबन्धनमै असहजता
मुख्यमन्त्री सिंहले आफ्नै दलका नेताभन्दा प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको सल्लाहलाई बढी प्राथमिकता दिने गरेको आरोप लागेको छ। जनमत पार्टीका एक प्रदेशसभा सदस्यका अनुसार, सिंहले यादवको निर्देशनमा नै निर्णयहरू गरिरहेको आभास भएको छ।
बजेट खर्चमा ऐतिहासिक न्यूनता
आर्थिक वर्ष २०८१/८२ सकिन एक महिना मात्र बाँकी हुँदा समेत प्रदेश सरकारले कुल बजेटको केवल २० प्रतिशत मात्र खर्च गर्न सकेको छ।
-
पुँजीगत खर्च: १३%
-
चालु खर्च: ३२%
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेटमध्ये ८ अर्ब ८९ करोड ५२ लाख मात्र खर्च भएको छ।
मन्त्रालयगत खर्च विवरण
-
वन तथा वातावरण मन्त्रालय: सबैभन्दा बढी (४०%) खर्च
-
खेलकुद तथा समाज कल्याण मन्त्रालय: सबैभन्दा कम (६%) खर्च
गहकिला नारा, कमजोर कार्यान्वयन
त्यसैबीच, प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निकै आकर्षक नीति तथा कार्यक्रम ल्याएको छ, जुन आइतबार प्रदेशसभाबाट पारित भएको हो। अर्थमन्त्री सुनीलकुमार यादवले प्रस्तुत गरेको विनियोजन विधेयकमा ‘समृद्धि र विकास’का गहकिला नाराहरू समावेश छन्। तर अघिल्लो वर्षकै बजेट कार्यान्वयन अवस्था हेर्दा, ती नाराहरू व्यवहारमा कति प्रभावकारी हुन्छन् भन्ने प्रश्न उठेको छ।