
जनकपुरधाम
धनुषाको लालगढमा सात वटै प्रदेशको उपसभामुखहरुको भेलले सात बुंदे घोषणा पत्र जारी गरेको छ। सम्वैधानिक लोकतान्त्रिक प्रणाली उत्कृष्ट राजनैतिक व्यवस्था भएकाले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो भन्ने तथ्यलाई हृदंगम गरी सोही अनुरुपको निष्ठापूर्वक सम्वैधानिक अभ्यासबाट नै सम्वृद्धि प्राप्त हुने हुँदा यो सम्मेलन सम्वैधानिक गतिशिलताका निम्ति राजनैतिक क्षेत्र लगायत सम्बद्ध सबै पक्ष संविधानको सर्वोच्चता प्रति क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछ गरेको छ ।
। प्रदेश सभालाई बढी प्रभावकारी बनाउन संसदीय अभ्यास भएका मुलुकहरुको असला अनुभवको आधारमा प्रदेशसभाको अधिवेशनको आव्हान र अन्त्यका निम्ति प्रदेश सभामुखको परामर्शमा गर्ने, सभामा छलफलका निम्ति समय व्यवस्थापन गर्दा आकस्मिक समय, शुन्य समय, विशेष समय लैंगिकता, समावेशीकरण, अल्पसंख्यक र आफ्नो निर्वाचन क्षेत्रको समस्या उठाउने समय को व्यवस्था, कार्ययोजना र कार्यतालिका निर्माण र कार्यान्वयन, प्रत्यायोजि व्यवस्थापन, सभा र समितिले दिएका निर्देशन कार्यान्वयनको अनुगमन जस्ता विभिन विषयहरुलाई सम्बोधन गर्ने गरि प्रदेश सभा नियमावली संशोधनमा पहल गर्ने घोषणा पत्रमा उल्लेख छ ।
विश्व संसदीय अभ्यासको अनुभवको पृष्ठभूमिमा उपसभामुखको भूमिकालाई अझ शसक्त प्रभावकारी बनाउन समितिहरुको समन्वय र सहजीकरण, कतिपय विशेष प्रकृतिका समितिक सभापतिहरुको भूमिका समेतको व्यवस्था नियमावलीमा गर्ने,प्रदेश सभाले स्थानिय तहको विद्यायन व्यवस्थापनमा आवश्यक सहयोग पुरÞ्या आपसी छलफल, अन्तरकृया र सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ ।
लैंगिकता, समावेशीकरण, अल्पसंख्यकका अधिकारको प्रचलन, सशक्तिकरण, लैंगिक बजेटको तर्जुमा र कार्यान्वयन जस्ता विषयमा छलफल गरी आवश्यक सुझाव दिन सभाभित्र महिला समन्वय समितिको व्यवस्था गर्ने, प्रदेश सभा सचिवालयको संस्थागत क्षमता अभिवृद्धिका निम्ति सोही अनुसारको जनशक्ति, स्रोत साधनको सुनिश्चितता, प्रविधिमैत्री व्यवस्थाको विकासमा सरकारले सहयोग गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।
यो उपसभामुखहरुको सम्मेलन आपसी अनुभव आदनप्रदान गर्न उपयोगी महसुस भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने साथै सभाको काम कारवाहीलाई सम्वृद बनाउन असल अभ्यासहरुको अनुसरणका निम्ति प्रदेश प्रदेश सभाका पदाधिकारी बीच पनि आवश्कता अनुसार समय समयमा छलफल, अन्तरक्रिया र परामर्शद्वारा अनुभव आदान प्रदान गर्न सक्ने व्यवस्था गर्ने उल्लेख छ ।