तयारी नपुगेकाले कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र हुँदैन ः प्रवत्ता महत

सिरहा,
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन । नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारे ।
“महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवत्ता डा महतले भने, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।”
विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उनको भनाइ थियो । अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा महतले जानकारी दिए।फरक प्रसङ्गमा प्रवक्ता डा महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको स्पष्ट पारे । उनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।
“नयाँ कानुनमा सङ्घ÷प्रदेश र स्थानीय तहलाई जग्गा प्राप्तिको विषयमा सहजीकरण हुने गरी व्यवस्था गरिएको छ”, सहसचिव रिजालले भने, “प्रदेश र स्थानीय तहले व्यक्तिको जग्गा क्षतिपूर्ति दिएर लिन सक्नेलगायत व्यवस्था प्रस्ताव गरिएको छ ।”
त्यसैगरी विधेयकमा वातावरण संरक्षण ऐन अनुकूल हुने गरी जग्गा प्राप्तिको विषय समेटिएको छ । उनले सङ्घीय स्वरुप दिने गरी जग्गा प्राप्तिको विषय अघि बढाइएको बताए । “जग्गा प्राप्तिको अधिकार, पूर्व सम्भाव्यता अध्ययन तथा सामाजिक प्रभाव मूल्याड्कन अध्ययन, जग्गा प्राप्तिको प्रक्रिया, जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही, वार्ताद्धारा जग्गा प्राप्ति लगायतका विषय कानुनमा समेटिएका छन ”, सहसचिव रिजालले भने– “जग्गा प्राप्तिको कार्यविधि, क्षतिपूर्ति र पुनःस्थापना वा पुनःवास कार्यक्रम लागू गर्ने प्रस्ताव रहेको छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर