अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं, २५ चैत । अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।उता, दिउँसो ३ः०० बजे देखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।

प्रतिक्रिया
सम्बन्धित खवर