
कृष्ण मण्डल
राजबिराज, १३ चैत । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरी आफ्नै सहकारी संस्था मार्फत स्थानीय जनतालाई ठगी गर्दै आएको पाईएकाे छ ।
एकै साथ छिन्नमस्ता गापा अध्यक्ष र माँ सखडेश्वरी कृषि सहकारी संस्था लिमिटेडकाे समेत अध्यक्ष भई यस्तो ठगी गर्दै आएकाे हाे ।
स्थानीय छिन्नमस्ता ३ गाेबिन्दुर बस्ने राजकुमार राम र सखडा बस्ने धर्मी पंडितबाट लाखौं रकम ठगी गरेको पाईएकाे छ ।
उक्त सहकारीमा जग्गा धितो राखी एक लाख ३० हजार ऋण पास भएकोमा अध्यक्ष चाैधरीले ९० हजार नगद मात्रै दिएकाे रामले आफ्नो दुखेसो सुनाए । बाँकी २० हजार इन्जिनियरलाई, १० हजार ओैभरसियरलाई र १० हजार सहकारी कार्यालयकाे खर्च भएको भन्दै ९० हजार नगद मात्रै दिएको पिडित जानकारी दिएका हुन ।
पछि धितो राखेको जग्गा बेचाईदिने गरी आफुलाई प्रलोभनमा पारी ४ वटा खाली चेकमा हस्ताक्षर गराई राखेकाे सुनाउदै अहिलेसम्म २५ हजार र ३ लाख ८६ हजार गरी कुल ४ लाख ११ हजार बुझाएको र त्यसबापत अहिलेसम्म कुनै रसिद पनि नदिएको गुनासो गर्दै न्यायकाे खाेजीमा छन् । रामले २०७४ चैत १३ गते २ कठ्ठा १९ धुर जग्गा चाैधरीकाे सहकारीमा धितो राखेका थिए ।
त्यसैगरी धर्मी पण्डितबाट ४ लाख ५० हजार रकम ठगी गरेको पाईएकाे छ । राेचक कुरा गत माघ ११ गते पण्डितलाई अध्यक्ष चाैधरीकाे दाई मंगलु चाैधरीले प्रलोभनमा पारी खातामा पैसा जम्मा गर्न लगाएकाे थियो । साे पैसा त्यही रामकाे जग्गा खरिद बापत ९ लाखमा कुरा भए पनि एक चाैटीमा ४ लाख ५० हजार दिएकाे थियो त्यस बापत बैंक भाैचरमा खाता नम्बर समेत उल्लेख नगरी बुझिलिनेमा अध्यक्ष चाैधरीकाे हस्ताक्षर रहेको पण्डितले जानकारी गराएको छ । त्यस पछि बलझिएकाे विवादका कारण गापा उपाध्यक्ष राजुदेवी यादव र श्रीमान तेजनरायण यादवकाे सहयोगमा आईतवार (२०८१ चैत १० गते) उक्त भाेचरमा धर्मी पण्डितकाे छाेरा रामसुन्दर पण्डितकाे खाता नम्बर सहकारीमा कार्यरत पुजा दासले भरिदिएको पण्डितले भने ।
यसै कुरा बारे जानकारी लिन पुजा दास लाई फाेन गर्दा पहिला त आफुलाई केही थाहा नभएको भन्दै फाेन काटिन र पुनः पुनः फाेन गर्दा हामीले फुकुवा दिईसकेकाे भन्दै गर्दा अध्यक्ष चाैधरीले पुजाबाट माेबाईल लिई उल्टै मलाई धम्कीपूर्ण शैलीमा तिमीलाई जे गर्न मनलाग्छ गर भन्दै फाेन काटिदियाे । फेरि पुनः पुनः फाेन गर्दा फाेन उठाएन ।
के हाे त फुकुवा प्रशङ्ग
गाउँघरकाे चलनचल्ती अनुसार राजकुमार रामले स्थानीय भुपेन्द्र यादवकाे श्रीमती सिता देवीलाई सुईदभर्ना दिएको थियोे । रामले ५ कठ्ठा जग्गा १२ हजारकाे दरले ६० हजारमा भर्ना लगाई एक लाख ८० हजारकाे कपाली कागज सिता यादवलाई गरेका थिए ।
एक दिन अचानक रामकाे बच्चा बिरामी भए र उसकाे उपचारको लागि पैसाको अभाव भयो तब २ कठ्ठा १९ धुर जग्गा स्थानीय धर्मी पण्डितलाई ९ लाखमा बेचने निधाे गरे तब सहकारीले फुकुवा गरेनन् । पटकपटकको पञ्चायती पछि फुकुवा कागज राष्ट्रिय सहकारी बैंककाे नामबाट दिईयाे र उता मालपोतबाट सितादेवीलाई भनेर राेका गराउन चाैधरी द्वयले लगायाे कारण चुनाबमा पण्डितले भाेट नदिएको र यावले दिएको भन्दै पण्डित चाैधरीले भनेकाे कुरा जानकारी गराए ।
हरहिसब र बैंक स्टेटमेन्ट नदिएको
सहकारी संग राम र पण्डित दुबैले बुझाएको र लेनदेनकाे काजग र बैक स्टेटमेन्ट माँग्दा अध्यक्ष चाैधरीले विभिन्न बहानाबाजी गरी हालसम्म पनि नदिएको बरु उल्टे हपकाएर पठाएको उनीहरुले आफ्नो दुखेसो पाेख्दै न्यायकाे खाेजीमा छन् ।
गापा अध्यक्ष सहित तीनजना माथी प्रहरीमा उजुरी
छिन्नमस्ता गापा अध्यक्ष विद्यान्नद चाैधरी, दाई शंकर (मंगलु) चाैधरी , तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठाडाे उजुरी परेको छ ।
बुधबार मात्रै स्थानीय धर्मी पण्डितले तीन जना विरुद्ध उजुरी दिएका छन ।