कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा प्रहरी तैनाथ

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको कार्यालय काठमाडौँमा प्रहरी परिचालन गरिएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको विरोधमा काठमाडौँका सडकमा प्रदर्शन हुन थालेका छन्। मंगलबार बिहान नेकपा एकीकृत समाजवादीनिकट प्रदर्शन गर्दै ऊर्जामन्त्री दिपक खड्काको पुतला दहन गरेका थिए।नेकपा माओवादी केन्द्रआबद्ध भातृ संगठनहरूले पनि आन्दोलनको तयारी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर