कुलमानलाई बर्खास्त गरेको विरोधमा एकीकृत समाजवादीनिकट विद्यार्थीहरूद्वारा प्रदर्शन

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। 

घिसिङलाई बर्खास्त गरेको विरोधमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो। 

अनेरास्ववियूले प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले ऊर्जामन्त्री दिपक खड्काको पुत्लासमेत जलाएका छन्। 

प्रतिक्रिया
सम्बन्धित खवर