हँसपुर नगरपालिकामा माओवादीको धर्ना तथा तालाबन्दी

जनकपुरधाम
हंसपुर नगरपालिका वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा भन्दै यसको विरोधमा नकेपा माओवादी केन्द्रले नगरपालिकामा तालाबन्दी गर्दै चार दिन देखि धर्ना दिदै आएका छन । माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै नगरप्रमुख प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका छन् । तर, नगरप्रमुख यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।उनिहरुले आफुहरुको मांग प्रति नगर प्रमुख गम्भीर नदेखिएको कारणले गर्दा दिएको जनाएका छन । उनले आफुहरुको मांग सम्बोधन नभए सम्म धर्ना र विरोधको कार्यक्रम जारी रहने जनाएका छन ।
धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए मात्र तालाबन्दी खोल्ने बताएका छन् ।
माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर