
जनकपुरधाम
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले होली पर्वले समाजिक सदभावको विकास गर्नमा बल पुगेको जिकिर गरेका छन । उनले केही समय यता होलीले केही विकृतीको रुप लिए पछि यसमा सुधारको खाचो रहेको बताए ।
संसदीय मामिला पत्रकार समाज जनकपुरधाममा आज आयोजना गरेको होली मिलन समारोहमा सभामुख मण्डलले असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा मनाइने होली पर्वले पत्रकारिता क्षेत्रमा थप ऊर्जाको सञ्चार गरेर पत्रकारहरूले सत्य कुराको उजागर गर्ने विश्वास व्यक्त गरे ।संसदीय मामिला पत्रकार समाज जनकपुरधामका अध्यक्ष बीरेन्द्र रमणको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता, केन्द्रीय सदस्य राजेश कर्ण,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो, नेपाल पत्रकार महासंघका निर्वमान अध्यक्ष मनिका झा,वरिष्ठ पत्रकार विएम खनाल मधेसी पत्रकार समाजका अध्यक्ष सुभाष कर्ण,प्रेस चौतारी नेपालका अध्यक्ष नविन प्रीयदर्सी,सहितका वक्ताहरूले होलीको शुभकामना दिनुभयो ।