
सञ्जय मिश्रा
रौतहट २५ फागुन। रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।
राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।
आईतवार दिउँसो नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन प्रसाद यादवसहित दर्जनौं मानिस गौर नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा ‘गौरका तस्कर मेयर मुर्दाबाद अमरेश सिंह जिन्दाबाद, राइस मिल बेच्न पाईंदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए।
नगरपालिका अगाडी केहीबेर प्रदर्शन गरेर मेयर साह बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शनकारीहरु गौर बजार परिक्रमा गरेका थिए। यस अघी गौर राइस मिलको जग्गा बचाउ अभियनताहरु आज बिहान जनजागरण अभियानको क्रममा वडाहरुमा पुगेर कुनै पनि हालतमा गौर राइस मिलको जग्गा बिक्रि गर्न नदिने मन्तब्य राखेका थिए।गौर नगरका जनप्रतिनिधिहरु तथा मेयर साहका समर्थकहरूले शनिवार साँझ संघीय सांसद डाक्टर अमरेश कुमार सिंहको पुत्ला दहन गरी उनी बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए। शुक्रवार सदनमा सांसद सिंहले मेयर शम्भु साह लाई नामुद तस्कर भनेकाले गौरबासी संग उनले माफी माग्नु पर्ने भन्दै सनिवार उनी विरुद्द प्रदर्शन भएको थियो।
लगत्तै मेयर शम्भु साहले डाक्टर अमरेश सिंहले भनेको कुरा पुष्टि गर्न अन्यथा दिमागको उपचार गराउन राँची अस्पताल भर्ना गरिनु पर्ने भनेर चुनौती दिएका थिए। उनको चुनौती पछी आज गौर नगरपालिका कै अगाडी तस्कर मेयर मुर्दाबाद भनेर नारा जुलुस सहित प्रदर्शन भएको छ।साविक गौर गाविस वडा नम्बर ७ को किता नम्बर १३९ को ०(४(१५ ,१४०को ०।१६(०,१६३को ४(१०(० र ८०३को ०।९।० जग्गा सम्बन्धमा गत मंगलवार साँझ गौरका मेयर शम्भु साहले उक्त जग्गा धनीले २ विगहा १५ कठा नगरपालिका लाई निःशुल्क दिएर बाँकी जग्गा छोड्ने सहमती कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरे संगै चौतर्फी बिरोध सुरु भएको छ