
जनकपुरधाम
जनमत पार्टी नेतृत्वको सरकारले सप्तरी जिल्लामा रहेको कृषि विश्वविद्यालयका भवनको शिलान्यास जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसंग गराएको झोकमा उपकुलपति र राजिष्ट्रारलाई आफनो पदबाट हटाएको छ । हिजो जनकपुरधामको एउटा निजि होटलमा आयोजना गरिएको सिनेटको बैठकमा उपकुलपति वैद्यनाथ महतो र रजिष्टार भगवान ठाकुरलाई पदबाट हटाएको छ । कृषि विश्वविद्यालयको स्थापना २०७८ मंसिर २७ गते का दिन भएको थियो । जसपा नेतृत्वको सरकारले विश्वविद्यालयको भवनको शिलान्यास उपेन्द्र यादवसंग गराएपछि जनमत पार्टीका नेताहरु रुष्ठ बन्दै विविद्यालयमा तालाबन्दी गर्दै आन्दोलित बनेका थिए । भवन शिलान्यास कार्यक्रम भईरहदा तत्कालिन मन्त्री महेश यादवले आफनो पदको समेत ख्याल नगरि विरोध प्रदर्शनमा उत्र्रेका थिए । त्यहा झडप भएपछि मन्त्री सहित केही प्रदेश सभा सदस्य घाइते समेत भएका थिए । त्यपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन भए देखि नै विश्वविद्यालय माथि गिद्धे दृष्टि लगाउदै आफनो पार्टीका समर्थक रहेका यस्तै खालका विद्यालय संचालन गरिरहेका निति आयोगमा उपाध्यक्ष सोहन साहको नेतृत्वमा समिति बनाएर नियोजित रुपमा विश्वविद्यालयका पदाधिकारीहरुमा आर्थिक अनियमितताको आरोप लगाउदै प्रतिवेदन तयार पारेका थिए । सोही प्रतिवेदनको आधार लिएर उनिहरुमाथि कारवाही गरिएको छ ।