
जनकपुरधाम
मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको सबै तिर विरोध सुरु भएको छ ।आफनै मातहतका कार्यालयहरुमा खुलेयाम रुपमा प्रदेश सरकारले संचालन गरेको योजनाहरुको खरिद बिक्री र कमिसनमा योजना बाडने कार्य भईरहेको अवस्थामा मन्त्री यादवले पत्रकारहरु आएर योजना माग्ने गरेको धम्काउने गरेको आरोप लगाएका छन । उनले भने ‘पत्रकारहरुको मलाई फोन आउँछ, तपाईको मन्त्रालयबाट विज्ञापन आएन निगेटिभ समाचार छापि दिन्छु भन्दै धम्काउँछन् ।’ फेरी पत्रकारहरुबाट सबै डराउँछन् पनि । यो एउटा उदाहरण मात्रै हो यस बाहेकका अन्य धेरै कारण छन् प्रदेशको अवस्था दयनिय हुँदै जानु्मा ।तर मन्त्री यादवले पत्रकारहरु यस खालको आरोप लगाएपनि नाम भने सार्वजनिक गरेका छैन । जसको सबै तिर आलोचना सुरु भएको छ ।
यता प्रेस सेन्टरले एक विज्ञिप्तमधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले मिति २०८१ फाल्गुन २० गते मंगलबार मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारले फोन गरेर विज्ञापन र योजना माग्ने, नदिए धम्काउने, विरोधमा समाचार छाप्ने लगायतको गैरजिम्मेवार अभिव्यक्ती दिएर सम्पूर्ण पत्रकार र पत्रकारिता जगतको बदनाम गरेको हुँदा यथार्थमा के हो कुन, कहाँ को पत्रकारले विज्ञापन मागेर थर्काएको हो, त्यो तथ्य सहित नाम सार्वजनिक गर्न मांग गरेकोछ ।
अन्यथा तथ्यहिन अभिव्यक्ति दिएर पत्रकार र पत्रकारिता जगतलाई बदनाम गर्ने कार्य मधेश प्रदेश सरकारका मन्त्री र प्रदेशकै जिम्मेवार ठुला दलको नेताबाट आउनु विषय खेदजनक रहेको हाम्रो ठहर छ ।