
जनकपुर
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको ३७ औ स्थापना दिवसको अवसरमा मधेस प्रदेश कार्यालयको आयोजनामा प्रभात रैलीको आयोजना गरिएको छ । सीप युक्त जनता ,समृद्ध नेपालको आयोजनामा रैली निकालिएको थियो । रैली जनकपुरधामको नगर परिक्रममा गर्दै परिषदको कार्यालयमा सम्पन्न भएको थियो ।
परिषदका मधेस प्रदेश मधेस प्रदेश प्रमुख नागेन्द्र साहले अहिलेको आवश्यकता नै सिपयुक्त जनशक्ति रहेको बताउदै यसले आर्थिक विकास र मुलुकको समृद्धिको लागि योगदान दिने जिकिर गरे । उनले प्रविधिक शिक्षाले नै देशलाई समृद्धि बनाउने बताउदै यसलाई बुझाउनको लागि आफुहरुले जनचेतना मुलक रैली र सन्देश प्रवाह गरिएको बताए । उनले भने– ‘सिप भएपछि कुनैपनि मान्छे आफै समृद्ध हुने र सिप नभएको अवस्थामा मात्रै गरिबी र विपन्नता आउने गरिएको छ । त्यसकारणले आजको युगमा सिप आवश्यक रहेको छ ।’
साहले समिृद्धको लागि सिपको आवशयकता रहेको बताउदै सिप भएको खण्डमा जनताको आर्थिक उन्नती हुने र उनिहरुको समस्याहरु आफै समाधान हुने बताए । उनले त्यसकारणले अहिलेको अवस्थामा सिपयुक्त जनशक्तिहरुको उत्पादनले मात्रै मुलुक समद्धि हुने बताए ।
साहले आफुहरुले तिन वर्षे ओभरसियर,एचए,नर्सिंग,सव ओभरसियर सहित समय समयमा विभिन्न खालको तालिमहरु गराउने गरिएको जानकारी दिए । उनले मधेस प्रदेशमा धेरै जसो युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेको र उनिहरुलाई बिक्ने खालको सिपहरु दिने गरिएको बताउदै यसले उनिहरुलाई आर्थिक उपार्जनमा बल पुग्ने गरेको बताए ।
परिषिदले आफनो स्थापना दिवसमा रैलीको साथै,वृक्षारोपण,रक्तदान सहितको कार्यक्रमहरु समेत गरेको छ । रैलीमा परिषदसंग आवद्धता लिएर संचालन गरिएको कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।