
प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।