मधेस प्रदेश शिक्षा सुधार तर्फ उन्मुख

वीरेन्द्र रमण
जनकपुरधाम
शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै कमजोर रहेको मधेस प्रदेशमा शिक्षामा क्रमिक सुधार उन्मुख देखिएका छन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशिक आर्थिक गतिविधि अध्ययनमा मधेस प्रदेशमा विगतको तुलनामा मधेसमा शिक्षामा सुधारको अवस्था देखाएको छ । समिक्षा वषर््ामा सामुदायिक विद्यालयको संख्या ५.८७ प्रतिशतले वृद्धि भई ३ हजार ४सय ४५ पुगेको छ । विद्यार्थीको संख्या १३.०२ प्रतिशतले वृद्धि भई १९ हजार २ सय ४० पुगेको छ ।
समिक्षा वर्षमा संस्थागत विद्यालयमा विद्यालयको संख्या ३४.४० प्रतिशतले वृद्धि भई १ हजार ३ सय १ कायम भएको छ । जसमा संख्यागत विद्यालयमा विद्यार्थी संख्या ६८.७० प्रतिशत वृद्धि भई ४ लाख २३ हजार १ सय ५५ कायम भएको छ भने शिक्षक र शिक्षिकाको संख्या ६५.११ प्रतिशत वृद्धि भई ११ हजार ९सय १६ कायम भएको छ । समिक्षा वर्षमा प्राविधिक शिक्षालय अन्र्तगत शिक्षालयको संख्या ७.१४ प्रतिशत वृद्धि भई १सय ३५ पुगेको छ भने विद्यार्थी संख्या ११.४७ प्रतिशत कमी आई ९ हजार ४ सय ५६ पुगेको छ । शिक्षक शिक्षिका संख्या १२.३७ प्रतिशत कमी आई ४ सय १८ पुगेको छ । समीक्षा वर्षमा विश्वविद्यालयमा आवद्ध भएका क्याम्पसको संख्या २५ वटा कायम रहेका छन ।
यता मधेस प्रदेश सरकार शिक्षामा अझ सुधारको लागि प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी गरेको छ ।
माध्यमिक विद्यालयमा अँग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी गरिएको छ ।
प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गनर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्न्त्री सतिशकुमार सिँहले बताए ।
विद्यालयमा बर्सेनि शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा आँग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा नौ र दसका विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको छ । यस्तोमा नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले बताइन् ।
उनले एसइइमा मधेश प्रदेशका विद्यार्थीको नतिजा उत्साहजनक नहुने कारणमध्ये शिक्षक दरबन्दी अभाव र शिक्षकको कमी पनि मूलकारण रहेको औंल्याइएको बेला नमुना विद्यालय र शिक्षक आवश्यक भएका विद्यालयमा प्रदेश स्वयंसेवक शिक्षक परिचालन गरिने जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर