लोसपा पछाडि हटेपनि जसपाको अडान यथावत

जनकपुरधाम
सरकारले ल्याएको भुमि सम्बन्धी अध्यादेशको विषयमा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएपनि जसपाले आफनो अडानलाई यथावत राखेको छ । लोसपाले भुमि सम्बन्धी अध्यादेशको विरोध गर्न विज्ञप्ति जारी गरेपछि सरकार दवावमा परेको थियो । सरकारमै रहेका दलहरुको विरोध हुन थालेपछि दवावमा परेको सरकार सत्ता साझेदार दलहरुको बसेको बैठकले भुमि सम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णयमा पुगेको र आफनो पार्टीको अडानमा सरकार झुकेको लोसपाका नेता डा.सुरेन्द्र झाले बताए । उनले भने आफुहरुले जे कुरा राखेका छौ त्यसमा सरकारले आफनो कुरालाई सुनेको बताउदै भुमि सम्बन्धी अध्यादेशको विषयमा अध्ययन गर्न समिति बनेको र त्यसमा सबै दलका एक एक जना रहने निर्णय भएको बाट समेत आफुहरुको मांग सम्बँधोन भएको बताए । झाले भने हामीले भनेको कुरामा सरकार लचिलो भएको छ अन्य अध्यादेशको विषयमा हाम्रो विमती छैन जसमा थियो हामीले त्यसमा आफनो कुरा राखेका छौ सरकारले गम्भीरताका साथ लिएको छ ।
यता जनता समाजवादी पार्टी भने आफनो अडानबाट पछाडि नहटेको प्रष्ट पारेको छ । जनता समावादी पार्टीका प्रवक्ता मनिष सुमनले जसपा नेपाल संसदिय दल द्धारा ०८१ माघ २९ गते विभिन्न ६ वटा अध्यादेश हरू संबंधमा गरिएको निणॅय मा पाटिॅ अडिग रहेको बताए । उनले भने जसपा नेपाल प्रष्ट छ “ भुमि संबंधी अध्यादेश को विरोधमा रहने र यसको विपक्षमा मतदान गनेॅ, अन्य ५ वटा अध्यादेशहरूलाई संशोशधन( प्रतिस्थापन पश्चात पक्षमा मतदान गनॅ सकिने।

जसपाले अध्यादेशको विरोध गर्न थालेपछि लोसपामा समेत अध्यादेशको विरोध गरेको थियो । तर अहिले आएर लोसपाले अध्यादेशको सबै दल एक ढिक्का भएको भनेर सत्ताधारी दलहरुले अभिव्यक्ति दिएपछि जसपाका नेताहरु लोसपा र जनमत माथि समाजिक संजालमा खनिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर