कृषि विधेयक सर्वसम्मतले पारित

जनकपुरधाम

मधेस प्रदेशसभाबाट प्रदेश कृषि विकास विधेयक सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दश सिंह क्षेत्रीले पारित गर्न पेश गरेको विधेयक सर्वसम्मतले पारित भएको हो ।
सभामुख रामचन्द्र मण्डलले सभामा उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै पनि सांसद नभएपछि प्रदेश कृषि विकास विधेयक सर्वसम्मतले पारित भएको सदनमा घोषणा गरे ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०८० जेठ ३० गते प्रदेशसभामा दर्ता गराएको विधेयक दर्ता भएको विधेयक सभामा २०८० मंसिर १५ गते पेश भएको थियो । जेठ २२ गतेदेखि सामान्य छलफल भएको विधेयक विषयगत समितिबाट पुनः प्रदेशसभामा आएपछि छलफलभएपछि छलफलको क्रममा उठेको प्रश्नको जवाफ मन्त्रीले दिएपछि विधेयक सर्वसम्मतले पारित भएको छ ।
कृषि मन्त्रालयले आधुनिकीकरण, विविधीकरण, यान्त्रीकिकरण र व्यवसायिकरण मार्फत कृषि उत्पादन, उत्पादकत्व र मुल्य श्रृखला वृद्धि गर्दै रोजगारी सृजना गर्ने, खाद्य सुरक्षा र दिगो आर्थिक वृद्धिदर हासिल गर्न, कृषि क्ष्ँेत्रमा प्रवाह हुने सेवा, सुविधा, प्रविधि, प्रोत्साहन जस्ता कार्यक्रमलाई न्यायोचित, प्रभावकारी एवं पारदर्शी तबरबाट सञ्चालन गर्न र क्षेत्रगत नियमनलाई सहज, व्यवस्थित बनाउन वाञ्छनीय रहेको भन्दै विधेयक प्रदेशसभामा ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर