
काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बिचराधिन रहेका बिधेयकहरू यसै हिउँदे अधिवेसनवाट पारित हुने विश्वास ब्यक्त गरेका छन ।संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयन हुनेमा पनि उनले विश्वास ब्यक्त गरेका छन ।
सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयनमा प्रतिबद्दता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।
‘सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ, ब्यावसायी उत्साहित छन, भुमीहिनले जग्गा पाउँदैछन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफु विश्वस्त रहेकोसमेत जनाएका छन् ।
उनले संविधान संशोधन गर्दा अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति गर्नुपर्ने बताए।
उनले लोकतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट रहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले राजनीतिक प्रणालीले त्यसलाई सुदृढ बनाउँदै नागरिकप्रति जिम्मेवार बन्नुपर्ने बताए।
उनले मुलुक अब आर्थिक रुपमा सबल हुनुपर्ने बताए। उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकताको रुपमा बुझ्न नहुने बताए।
देउवाले सरकारले सेवा प्रवाहमा सहजताका लागि सरकारले कानुन बनाउने, सुशासन कायम गर्ने बताए। उनले नागरिकको सरोकारको विषयमा पेश भएका विधेयकहरू पेश हुने र अध्यादेशहरू सदनबाट स्वीकृत हुनेमा विश्वास व्यक्त गरे।