
जनकपुरधाम
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा ‘हेडक्वार्टर समूह’ का विजयप्रकाश सापकोटा विजयी भएका छन्।
बुधबार साँझ सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। राई पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट नेता हुन्।
यस्तै, अध्यक्षका अर्का उम्मेदवार उपदेशकुमार यादवले ३१० मत ल्याए भने सुदिन पौडेलले १९२ मत पाए।
अध्यक्षमा विजयी सापकोटा र निकटतम प्रतिस्पर्धी राईबीच मतान्तर ७१ रहेको छ।