मेयर साम्पाङ सिंहदरबारमा, सुरक्षाकर्मीले लैजान दिएनन् रित्तो गाग्री

काठमाडौँ- खानेपानीको लागि दबाब दिन भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार  सिंहदरबारमा प्रवेश गरेका हुन् ।

खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरे । धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा  समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए । आ-आफ्नो काम इमान्दारिता साथ गर्नुपर्ने उनको भनाई छ । धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए ।

त्यसअघि मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौँ आइपुगेका हुन् । तर उनले रित्तो गाग्री भने लैजान पाएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर