नेप्सेमा सामान्य बृद्दी, कारोबार भने घटयो

काठमाडौं, ८ माघ । आज नेप्से परिसूचकमा बृद्दी भएको छ ।

साताको तेस्रो दिन मंगलबार नेप्से ५.०८ अंकले बढेको हो । आज नेप्से परिसूचक सामान्य अंकले बृद्दी भएर २६१३.०८ विन्दुमा पुगेर रोकिएको छ ।

तर, नेप्से परिसूचक बढे पनि कारोबार रकममा आज कमी आएको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भए पनि मंगलबार भने ३८ करोडले कमी हुदैँ ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो ।

जसअनुसार आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर