प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।भेटमा संसद्को बिजनेसबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले १८ माघमा संसद् अधिवेशन बोलाउने विषय पनि राखेका थिए ।

संसद् अधिवेशन आह्वान गर्ने विषयमा मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर