
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वडीआईजी जोशी आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
यसअघि उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको थियो ।
यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो ।
उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।