मधेस प्रदेशसभाः बजेट संशोधन सम्बन्धी संकल्प प्रस्ताव बहुमतले पारित

जनकपुरधाम ।
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेटको बुँदा नम्बर १४७ संशोधन गर्न प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद रुपा कुमारी यादवले आइतबार बसेको प्रदेशसभा बैठकमा पेश गरेके संकल्प प्रस्तावको पक्षमा ४३ जना र विपक्षमा १६ जनाले मतदान गरेपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव बहुमतले पारित भएको सदनलाई जानकारी गराएका हुन् ।
हाल मधेस प्रदेशसभामा १०६ जना सांसद कायम रहेकोमा बैठकमा ५९ जना उपस्थित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर