
सिरहा । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताएका छन् ।
बलिदानी दिवसका अवसरमा बोल्दै उनले सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गर्दै उनले आफ्ना अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए ।उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले मधेस केन्द्रित दल टुट्न नहुने बताए ।