
मधेस प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेसी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो ।सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताए ।उनले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए । शहीद परिवारका सम्पूर्ण सदस्यको बमिा गर्ने कार्यक्रम शुरु गरेको बताए ।
कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।