जनकपुरधाम
मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले करिब ६ महिना भई सक्दा समेत बजेट खर्च गर्न सकिरहेको छैन यस विषयमा सरकारको चर्का आलोचना भईरहेको अवस्थामा जनमत पार्टीले मुख्यमन्त्रीलाई कुनैपनि मन्त्री नटेर्ने गरेको कारणले प्रदेशमा समस्या आएको जनाएको छ ।
पार्टीको अधिकारिक समाजिक संजालमा पेजमा आफनो धारणा सार्वजनिक गर्दै लेखेको छ कुनै पनि मन्त्रालयका मन्त्रीहरूले मुख्यमन्त्रीलाई नटेर्ने, अनियमिततामा संलग्न हुने, तैपनि मुख्यमन्त्रीले ठूला दलको अनुमतिबिना उनीहरूलाई बरखास्त गर्न नसक्ने बाध्यता।
पार्टीलेमुख्य सचिव २(२ महिना विदामा बसिदिने, मुख्यमन्त्रीलाई नटेर्ने, काम नगर्ने हुँदा पटक(पटक संघीय सरकारलाई मुख्य सचिव फेरिदिन आग्रह गर्दा पनि नफेरिदिएको, सरकार असफल देखाउने षड्यन्त्रको आशंका रहेको जनाएको छ । जनमत पार्टीद्वारा बजेटमा राखिएका दूरदर्शी, रोजगारीमूलक र लोकप्रिय कार्यक्रमहरू सफल भयो भने भोलिको दिनमा काँग्रेस र एमालेलाई झन् घाटा हुने भनेर ती योजनाहरू कुनै पनि हालतमा लागू हुन नदिने षडयन्त्र्, ६ महिना भइसक्दा पनि सचिवहरूले कार्यविधि समेत नबनाएको पार्टीले उल्लेख गरेका छन ।
अर्थमन्त्रीले मुख्यमन्त्रीलाई हदैसम्म अटेरी गर्दा, कुनै काम नगरिँदिँदा, सबै बजेटहरू रोक्का गर्दा, टेन्डर प्रक्रिया अगाडि नबढाउँदा र महिनौं भइसक्दा पनि कार्यविधिहरू नबनाइदिँदा मुख्यमन्त्रीले स्पष्टीकरण सोध्न बाध्य भएको। वर्तमान अर्थमन्त्रीलाई हटाएर अर्को अर्थमन्त्री पठाउन गठबन्धनलाई आग्रह गर्दा समेत नसुनिएको जनाइएको छ ।
त्यसैगरि