नेपालमा तिन दिवसिय प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुँदै

 

जनकपुरधाम, १५ पुष । सर्वसधारणहरुलाई बांसको महत्वलाई बुझाउने गरि नेपालमा पहिलो पटक तिन दिवसिय प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्न लागिएको छ । कुनै समयमा सर्वसधारणहरु बांसको अत्याधिक महत्वको साथ प्रयोग गर्ने गरेका थिए । विस्तारै बांसको प्रयोग घटन थालेपछि यसको महत्वलाई गजाउन गर्नको लागि सम्मेलनको आयोजना गर्न लागिएको जनाईको छ । खोटाङ जिल्लाको दिक्तेलमा फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन २०८१ को आयोजना गर्न लागिएको हो ।
‘ग्रिन गोल्ड’ को रूपमा परिचित बहुपयोगि बॉसको महत्वलाई बुझेर कार्यनीति बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले बाँसको प्रयोग र व्यवसायीक रुपमा रहेको चुनौति तथा सम्भावना पत्ता लगाउन प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्न लागिएको छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि आयोजक समितिले सोमबार प्रदेश स्तरीय पूर्वतयारी सम्बन्धि छलफल कार्यक्रम गरेको छ । सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ । हेविट फोर हुमनिटि ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र रतौली युवा कल्वको सहजीकरणमा संचालित सुरक्षीत आवाश परियोजना अन्र्तगत गोष्ठिको आयोजना गरिएको थियो । साकिरा खानको अध्यक्षतामा भएको कार्यक्रममा सम्मेलनको तयारी सम्बन्धीमा विस्तृत छलफलको आयोजना गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने यस सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, काठमाडौँ, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर र ग्रीन बाम्बो क्रिएशन प्रालि, ललितपुर आयोजक रहनेछन् ।
सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरण सम्बन्धी गैरसरकारी संघसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, नीजि क्षेत्र, बाँसमा आधारित उद्यमीहरुले सहभागिता जनाउने छन् । बाँस एक बहुउपयोगी वनस्पति रहेको तथा यसको मानव जीवन र जनजीवीकासंग अन्योन्याश्रित सम्बन्ध रहेको र नेपालमा बाँसजन्य वनस्पतिका विभिन्न ७५ भन्दा बढी प्रजातिहरु उपलब्ध छन् ।
बाँस हाम्रो धर्म, संस्कृति, परम्परा घरेलु तथा साना उद्यम लगायत जनजीवीकासँग जोडिएको छ । बिशेष गरी मिथिलाबासीहरुको कला, संस्कृति, रितिरिवाज तथा चार्डपर्वमा बाँसजन्य सामानहरुको अधिक्तम प्रयोग गरिनुले पनि मधेशमा बाँसको उपयोगिता अझ बढी देखिन्छ ।
ग्रामीण क्षेत्रमा आवश्यकता र शहरी क्षेत्रमा सौखका कारण पनि बाँसका सामग्रीहरुको प्रयोग बढ्दै गएको देखिन्छ । वायुमण्डलमा रहेको कार्वन शोषण गर्न तथा विश्वव्यापी रुपमा बढ्दै गरेको जलवायू परिवर्तनको दुष्प्रभावलाई न्यूनीकरण गर्न पनि बाँसले महत्वपूर्ण भूमिका निभाउँदछ ।
यस्ता विविध महत्व बोकेको बाँस प्रजातिको संरक्षण, प्रवद्र्धन र उपयोगितालाई उजागर गर्दै बाँसका उत्पादनहरुको विविधीकरण तथा यीनको प्रयोगलाई गुणात्मक रुपमा अभिवृद्धि गर्न तथा बाँस केन्द्रित राष्ट्रिय नीति–निर्माण, योजना तथा कार्यक्रम सञ्चालन एवं सीप र प्रविधि विकासको अभिबृद्धि लगायतका विषयहरुलाई लक्षित गरी सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ ।
सम्मेलनमा सहभागिहरुलाई नेपालमा पाइने बाँसका प्रजातिहरुको विस्तृत जानकारी, उपयोगिता, अर्थतन्त्रमा भेटघाट, यीनका सम्भावना र चुनौतिहरुको विषयमा वृहत् छलफल गरी अनुभव आदान प्रदान गरिनेछ ।
बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतिहरुको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरुको प्रदर्शनी गर्ने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने, बाँसको अध्ययन तथा अनुसन्धानलाइ थप बढावा दिने, आर्थिक उपार्जनको लागि बाँसलाई बैकल्पिक श्रोतको रुपमा विकास गर्ने, बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
सम्मेलनमा ५० वटा सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, वन विज्ञान विषय अध्ययनरत खोटाङ्ग बाहिरका १०० विद्यार्थीहरु सहभागिहरुले प्रत्यक्ष अवलोकन गर्नेछन् ।
खोटाङ्ग जिल्ला र आसपासबाट हजारौं मानिसले स्टलको अवलोकन गर्ने अनुमान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका वन मन्त्री त्रिभुवन साह रहेका थिए भने वन अनुसनधान तथा प्रशिक्षण केन्द्रका डा.राजेन्द्र केसी विरिष्ठ अतिथि रहेका थिए । वन सचिव उद्धव घिरिमे,रतौली युवा कल्वका कार्यकारी निर्देशक वैद्यनाथ चौरी लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर