
जनकपुरधाम
जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरको आयोजनामा तथा हंसपुर नगरपालिका वडा नम्बरको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा स्वास्थ्य बिमा सम्बन्धी कार्याक्रम, मेडिशिन पेट , छाती , मुटु , मृगौला स्त्री रोग , बालरोग आंखा परिक्षण , हाड तथा नशा विभाग सम्बन्धी सेवा दिइएको थियो ।
स्वास्थ्य शिविरको उदघाटन कार्यक्रम राम अशिस मोचीको अध्यक्षतामा भएको थियो भने महन्थ राजकुमार दासको प्रमुख आतिथ्य सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि निवर्तमान मेयर रामज्ञान मण्डल सहित वडा अध्यक्ष देवनारायण मण्डल समेत सहभागि थिए । आफनो गाउ ठाउमा उपचार पाएपछि स्थानियवासीहरु हर्षित थिए । उनले आफनै गाउमा शिविर आएपछि समय र पैसा समेत बचत भएको भन्दै खुसी व्यक्त गरेका थिए ।