जनकपुरधाम
करिब तिन महिना देखि स्थगीत रहेको मधेस प्रदेश सभाको बैठक आहवान गरिने तयारी सरकारले गरेको छ । सरकारमा सहभागि रहेको दलहरु बिचमा बैठक आवहना गरिने तयारी गरिएको छ । प्रदेश सभामा हाल केही विधेयकहरु रहेको र आवश्यक छलफल र पारित गराउन बैठक आहवान गर्न लागिएको छ । मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोजकुमार यादवले सम्भवतः भोली बस्ने मन्त्रीपरिषदको बैठकबाट प्रदेश सभा संचालनको विषयमा निर्णय गरिने जानकारी दिए । उनले जनताको प्रतिनिधिहरुले जनताको समस्या उठाउने थलोको रुपमा रहेको प्रदेशसभाको बैठक आवहना गरिने तयारी गरिएको र केही विधेयकहरु समेत टेबुल गरिने तयारी गरिएको जानकारी दिए । उनले भने सत्तागबन्धनको बैठकबाट प्रदेश सभा सुचारु गर्ने विषयमा छलफल भएको छ,मुख्यसचिव विदामा भएको कारणले केही समस्या भएको अव भोलीको मन्त्री परिषदको बैठकमा यस विषयमा निर्णय गरिने छ ।
बजेट संचालनमा देखिएको जटिलताहरुलाई हटाउन समेत प्रदेश सभाको बैठक आवश्यक भएको कारणले गर्दा बैठक आहवना गर्न लागिएको छ ।
हिजो जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने निर्णय गरेको थियो । जसपाले मधेस प्रदेश सरकारले लामो समयदेखि प्रदेश सभा सञ्चालन नगरेको भन्दै मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।जसपा नेता एवं मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि प्रदेश सभा बैठक बस्न नसकेको कारण विकास निर्माणदेखि समसामयिक विषय लगायत स्थगित विकास निर्माणका कार्यहरु सम्बन्धमा सदनमा छलफल बहस नितान्त आवश्यक रहेको बताए ।
उनले तर मधेस प्रदेश सरकारले लामो समयसम्म सदन राख्न नसकेकाले जसपाले सरकारमा सहभागी विभिन्न राजनीतिक दलहरुको ध्यान आकृष्ट गराउने निर्णय गरेको बताए । उनले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा राखिएका विभिन विकास निर्माणका योजनाहरु हालसम्म सञ्चालन हुन नसकेकाले जनप्रतिनिधिहरूमा निराशा देखिएको बताए ।