बजेट संचालन गर्न जसपा नेपालको मांग

जनकपुरधाम
जनता समाजवादी पार्टीको मधेस संसदीय दलको बसेको बैठकले मधेस प्रदेश सरकारलाई अविलम्ब बजेट संचालन गर्न दवाव दिने निर्णय गरेको छ ।
प्रदेश सभामा बसेको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८१ । ०८२ को बजेटमा राखिएको विभिन्न विकास निर्माणका योजजनाहरु हाल सम्म संचालन हुन नसकेकोले जनसमुदाय तथा जनप्रतिनिधिहरुमा निराशा देखिएकोले विनियोजना बजेट अविलम्ब संचालन गर्न समेत प्रदेश सरकारको ध्यानाकृष्ट गराउने निर्णय गरिएको सचेतक राम अशिष यादवले जानकारी दिए ।
बैठकले प्रदेश सभाको बैठक लामो समय देखि बस्न नसकेकाले समसमायिक विषय लगायतका स्थगित विकास निर्माणका कार्यहरु सम्बन्धमा सदनमा छलफल बहस नितान्त आवशयक रहेको बताउदै प्रदेश सभा संचालनको लागि सरकारमाथि दवाव बढाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर