महोत्तरी, पुस १४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। कक्षा ७ मा अध्ययनरत केही छात्राको व्यवहार राम्रो नभएकोले उनलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
विद्यार्थीहरुले केही छात्राहरुको अमर्यादित तथा गैरजिम्मेबार व्यवहारले विद्यार्थी, शिक्षकहरु समेत प्रताडित हुँदै गएको भन्दै ती छात्राहरुलाई निस्काशन र कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । विद्यालयकै अगाडी विद्यार्थीहरु टायर बालेर प्रर्दशन सुरु गरेपछि प्रहरीले सुरक्षाको लागि तथा विद्यार्थीहरुको आन्दोलनबारे बुझ्न विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार झालाई जिल्ला प्रहरी कार्यालयमा लगेपछि विद्यार्थीहरु थप उग्र बनेका थिए ।
बाहिर छात्रालाई दुव्र्यहार गरेको भन्दै विद्यालयका प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको भनिएपनि त्यस्तो नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए। आन्दोलनबारे बुझ्न तथा सुरक्षाको दृष्टिकोणले प्रधानाध्यापक झालाई प्रहरीमा बोलाइएको हो, बाहिर हल्ला भएको जस्तो केही छैन, प्रवक्ता जैसवारले भने।
जलेश्वर नगरपालिका–२ मा रहेको यस क्षेत्रकै पुरानो लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका एक शिक्षकले नाम नलेखिदिन भन्दै केही छात्राहरुको व्यवहार राम्रो नभएकोले विद्यालयका शिक्षक तथा प्रधानाध्यापकले पटकपटक सम्झाईबुझाई गरेपनि छात्राहरुको व्यवहार नसुध्रिएपछि अन्य विद्यार्थीहरु आन्दोलित हुन पुगेको बताए ।
विद्यार्थीहरु विद्यालयमा समेत तोडफोड गर्नुका साथसाथै जलेश्वर नगरपालिकाको कार्यालयमा गएर ढुँगामुढा गरेका थिए । सयौँको सङ्ख्यामा रहेका विद्यार्थीहरु नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन विद्यार्थीहरुलाई लखेटेका थिए ।
विद्यार्थीहरु अहिले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका छन् । समाचार तयार गर्दासम्म जलेश्वरको अवस्था तनावपूर्ण नै छ ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech