उखु किसानको २५ करोड भुक्तानी

महोत्तरी
उखुको खरिद प्रक्रिया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगीबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ । एभरेस्टले उखु खरिद गरेको ५ दिनभित्रै भुक्तानी दिने नीतिअनुसार नयाँ रेट प्रतिक्विन्टल ५८५ रुपियाँको दरले किसानको खातामार्फत भुक्तानी दिन सुरु गरेको हो ।
मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको एभरेस्टले आइतबार अपरान्ह १२ बजेसम्म पाँच लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । त्यसमध्ये पुस १० गतेसम्म खरिद गरेका चार लाख ६७ हजार ४ सय क्विन्टल उखुको पच्चीस करोड ६ लाख १३ हजार ९८६ रुपियाँ भुक्तानी गरेको महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।
भुक्तानीको तेश्रो श्रृङखला अन्तर्गत पुस १४ गते (आज) तीन हजार १९४ किसानको खातामा १० करोड ९४ लाख ५२ हजार ४७२ रुपियाँ जम्मा गरेको कारखानाका वित्तिय महाप्रवन्धक विमलचन्द्र ठाकुरले बताए । चालु क्रसिङ सिजनको पहिलो किस्ता पुस ४ गते ४ करोड ८६ लाख र दोश्रोपटक पुस ९ गते ९ करोड २५ लाख रुपियाँ किसानको खातामा भुक्तानी गरिसकिएको उनले बताए ।
ठाकुरले भने ूभुक्तानीको चौथो श्रृङ्खला अन्तर्गत अब पुस १५ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गरिने छ । यो भुक्तानी पुस २० गते गरिसक्ने गृहकार्यमा जुटेका छौंं ।ू बिदाको दिन बाहेक खरिद गरेको हरेक ५ दिनभित्र उखुको भुक्तानी दिने नीति अनुसार किसानक खातामा नियमित रकम जम्मा भइरहेको एभरेस्टका महाप्रवन्धक शुक्लाले जनाए ।
विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय विताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने निती अबलम्वन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर