सर्लाही
मधेस प्रदेशका मुुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन ।
आज प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रहसमेत गरे ।
मलङ्गवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गरेका थिए ।
आर्थिक वर्ष २०७८र७९ देखि निर्माण सुरु भएको उक्त भवन आव २०८०र८१ मा निर्माण सम्पन्न भएको थियो । प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।
सेवाको गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री सिंहको निर्देशन
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech