५२ विघामा श्रीसीताराम महायज्ञ को तयारी हुँदै

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका स्थित ५२ विद्या मैदानमा विश्व कल्याणार्थ हेतु श्रीसीताराम नाम जाप महायज्ञ प्रारम्भ हुन लागेको हो ।
सन्त डण्डी बालक राघवेन्द्र दासजी महाराजको सानिध्यमा हुन लागेको श्री सीताराम नाम जाप महायज्ञ सम्भवतः आउँदो होलीको दुई दिन पछि शुभारम्भ हुने जनाइएको छ।
यज्ञमा १०८ मंडपको निर्माण गरिने र हरेक मण्डपमा श्रीसीताराम नाम जाप संकिर्तन यज्ञ अवधि भर अखंड रुपमा संचालन रहने बाबा राधवेन्द्र दासले जानकारी दिनु भयो ।
शुभारम्भ भएको दिन देखि १० दिन सम्म चल्ने यस महायज्ञमा रामचरित मानसको नवाह परायण, वेद पाठ, हवन, अखंड दीप दर्शन, कथा प्रवचन, उपदेश किर्तन र वाद- वादन संकिर्तनको आयोजन गरिने छ ।
यस महायज्ञको माध्यमले विश्व कल्याण को भावना जातृत गर्ने, शांति स्थापना, इश्वरको अनुभूति र एक आपसमा एकताको सन्देश दिने उदेश्य रहेको बाबा दास ले बताउनु भयो ।
डेढ दुई महिना पछि शुभारम्भ हुने श्री सीताराम नाम जाप महायज्ञको लागि ५२ विद्या मैदानमा तयारी जोड़सोड़ ले चलि रहेको छ । अचेल दिसम्बर १७ तारिख अर्थात पुष २ गते मंगलवार देखि एउटा कुंजमा अखंड श्रीसीताराम नाम जाप संकिर्तन चलिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर