संघीय संसदका दुइवटा समितिकाे बैठक बस्दैँ

काठमाडौं, १२ पुस । संघीय संसदका दुइवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै अजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर