कृषि विश्विद्यालय संग सम्बन्धी घटनाको विषयमा तत्कालिन शिक्षा मन्त्रीसंग जानकारी लिइयो

जनकपुरधाम
मधेस प्रदेश सभाको प्रदेश मामिला समितिले सप्तरीको राजविराजमा भएको कृषि विश्विद्यालयसंग सम्बन्धीत घटनाको विषयमा तत्कालिन शिक्षा मन्त्री महेश यादवसंग लिखित जानकारी लिएको छ । समितिले यस अघि मौखिक जानकारी लिएपछि लिखित समेत जानकारी बुझाउन निर्देशन दिएपछि समितिमा यादवले आज आफनो लिखित जानकारी बुझाएका छन । समितिका सभापति रत्नेश्वर लाल गोइतले तत्कालिन शिक्षा मन्त्रीसंग समितिले लिखित जानकारी मांग गरेको र सोही आधारमा यादवले लिखित जानकारी बुझाएको जानकारी दिए । त्यसैगरि तत्कालिन मुसख्यमन्त्री सरोजकुमार यादवलाई समेत यस विषयमा लिखित जानकारी दिन १९ गतेको समय दिइएको छ । जनतम पार्टीले कृषि विश्वसविद्यालयको भवन शिलान्यास कार्यक्र्रममा भएको घटनाको संसदीय छानविनको मांग गर्दै प्रदेश सभामा अवरोध र तोडफोड समेत गरेका थिए । पछि प्रदेश सभा मामिलाले सो घटनाको छानविन गर्ने निर्णय भएको थियो । यता सरकारले समेत प्रदेश सभाले छानविन गरिरहेको अवस्थामा विश्वविद्यालयलाई धरासायी बनाउने गरि पढनपाढनमा समेत रोक लगाउदै निति आयोगका उपाध्यक्ष सोहन साहको संयोजकत्वमा समिति गठन गरेको थियो । माघ ८ गते विश्विद्यालय शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउन लागेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरू विश्वविद्यालयको कार्यालयमा गरेका थिए भने शिलान्यास कार्यक्रममा अवरोध सृजना गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । विरोध कार्यक्रममा तत्कालिन शिक्षा मन्त्री यादव जनतमका प्रदेश सभा सदस्यहरु अवरोध गर्न थालृपछि प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले बनाएको समिति समेत पुर्वाग्रही र विश्वविद्यालयलाई धरासायी बनाउने गरि भएको भन्दै यसको विरोध समेत भएको थियो । तर सत्तापक्षले जबजस्ती समिति निर्माण गरेर विश्विद्यालयलाई धरासायाी बनाउने कार्य गरेको थियो । अहिले सम्म समितिको प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर