काठमाडौँ, पुस १० गते । नेकपा ९एमाले० को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ ।
बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको बताएका हुन ।
त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा। बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
बैठकपछि नेता ज्ञवालीले भने “भीम रावल केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि पार्टीको विधान अनुसार सल्लाहकारमा रहनुभयो। त्यो जिम्मेवारी पनि पुरा गर्नुभएन। अभिव्यक्ति चाहिँ पार्टीलाई बलियो बनाउने भन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने भने निर्णय गरिएको छ।”
एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech