काठमाडौं, १० पुस । नेकपा एमालेले केन्द्रिय समितिको बैठक बोलाएको छ ।आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रिय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो । बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि एजेण्डा तय गरिएको छ ।