सर्लाही । नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।हरिपुर नगरपालिका-३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवातर्फ आउँदै गरेको ज २ त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरमा सोही दिशातर्फबाट आउँदै गरेको बीआर ०५ एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।
ट्याक्टरमा बाइक ठोक्किँदा १९ वर्षीय चन्दनको मृत्यु
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech