काठमाडौँ(
नेकपा एकीकृत समाजवादीले महाधिवेशनको छ महिनापछि कार्यविभाजन टुंग्याएको छ। गत असार १६ मा भएको समाजवादीको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि विभागीय जिम्मेवारी बाँडफाँट भएको थिएन।
मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो। माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ।