यु–१९ वुमन्स एसिया कप क्रिकेटः नेपाल बंगलादेशसँग भिडदैँ

काठमाडौं, ५ पुस ।  यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।पाकिस्तानलाइ हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाडनु परेको थियो  ।

हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा  आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ ।सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर