काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिँदै गृहमन्त्रीले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न भनेका हुन् ।गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गर्न निर्देशन दिएका हुन् । ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’
रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech